Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

क्यान्सरसँग जुध्दै पत्रकार केसी, गोफण्डमीमा सहयोग जुटाउदै नेजा

अमेरिकाको केन्टकीमा बस्दै आएका पत्रकार रजेन्द्र केसी (र केसी) क्यान्सरसँग जुध्दै आएका छन् । पत्रकार केसी मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका छन् । अहिले पत्रकार केसीको उपचारमा सहयोगका लागि गोफण्डमी सुरु गरिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिका बस्दै आएका छन् ।

केसीको उपचारमा हाल केमोथेरापी गर्नुपर्ने भएको छ । नेपालबाट ६ वर्षअघि अमेरिका आएका केसीसँग श्रीमती र एक छोरी छन् । केसीको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाले केसीको उपाचार सहयोगार्थ गोफन्डमी सुरु गरेको छ । नेजाको तर्फबाट एक हजार अमेरिकी डलर जम्मा गरि सुरु गरिएको गोफन्डमीमा यो समाचार तयार पार्दा सम्म ९ हजार ६ सय ७६ डलर जम्मा भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्य समेत रहेका केसीलाई आर्थिक सहायता जुटाउन नेजाले गोफण्डमी सुरु गरेको जनाएको छ ।

नेजाले एक सहयोग अपिल जारी गदैँ, पत्रकार केसीको उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

यस्तो छ नेजाले जारी गरेको सहयोग अपिलः

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्य रजेन्द्र केसी केही समयदेखि प्राणघातक रोग Metastatic Malignant Pancreatic Cancer सँग जुधिरहनुभएको । केसीको उपचारमा हाल केमोथेरापी गर्नुपर्ने भएको छ । नेपालबाट ६ वर्षअघि अमेरिका आउनुभएका केसीसँग श्रीमती र एक छोरी हुनुहुन्छ । केसीको प्रतिकूल स्वास्थ्य स्थितिका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिसकेको छ । केसीको उपचारमा उहाँकी जीवनसंगिनी साथमै रहनुपर्ने र छोरीको हेरचाह गर्नुपर्ने भएकाले परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर बनेको छ । साथै, मासिक किस्तालगायत अन्य विविध खर्चको अभावका कारण केसी परिवारको मानसिक रुपमा समेत अत्यन्तै चिन्तित अवस्था पुगेको छ ।

करिब एक महिनाअघि मात्र केसीको जीवनमा यो अप्रत्याशित अवस्था आइपर्यो । हालसम्मको बचत सकिएको हुँदा अहिले केसी परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर बन्दै गएका कारण यही आर्थिक भारले गर्दा केसीले जुन आत्मबलसहित रोगको सामना गर्नुपर्ने हो त्यो झन् कठिन भइरहेको छ।

अब तपाईं(हाम्रो सहयोगले मात्र केसीलाई मानसिक रुपमा बलियो बनाउन सक्नेछौं । तपाईं(हाम्रो थोरै सहयोगले गर्दा उहाँको जीवनमा नयाँ आशा र उत्साह दिन सक्छ । कृपया, केसीको उपचारलाई सफल बनाई उहाँ र उहाँको परिवारमा नयाँ परिवेश ल्याउनका लागि नेजाले सुरू गरेको ‘न्यँगलमःभ’ अभियानलाई यहाँहरूले पूर्ण साथ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं । केसीप्रति तपाईं(हाम्रो सहयोग, माया र प्रार्थनाले केसीलाई यो युद्ध जित्न मद्दत गर्नेछ । अतस् केसीको शीघ्र स्वास्थ्य लाभको कमानास्वरुप आफूले सकेको आर्थिक सहयोग गरिदिनुहुनका लागि यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछौं । यहाँहरूको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै केसीको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौं ।

केसीलाई यो लिङ्कमार्फत सहयोग गर्न सकिन्छ । धन्यवाद ।

TOP