Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अब नाच्छ अमेरिकाका लागी उडे शान्तिश्री, रचना, ज्योति र करिष्मा

अब नाच्छ अमेरिकाका लागी गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकाल सोमबार अमेरिका उडेका छन्।

करिब २ महिना लामो अमेरिकामा सांगितीक कार्यक्रममा सहभागी हुन ४ जना अमेरिका उडेका हुन् । फ्लाई नेपालको आयोजनामा अमेरिकाको बिभिन्न राज्यका शहरहरुमा अब नाच्छ अमेरिका नामक सांगितीक कार्यक्रम आयोजना हुदैछ । हिन्दु महिलाहरुको पावन पर्ब हरितालिका तिजको अवसर पारी कार्यक्रम आयोजना गरिएको फ्लाई नेपालका प्रमुख बिनोद अधिकारीले जानकारी दिएका छन् ।

यो टुरमा गायिका शान्तिश्री, रचना र ज्योतिले चर्चित गीतमार्फत दर्शक नचाउनेछन्। मोडल करिष्माको नृत्य प्रस्तुति रहनेछ।

चारैजनाको यो पहिलो अमेरिका टुर हो। अगस्ट १० मा बोस्टन सहरबाट टुरको सुरवात हुनेछ। सेप्टेम्बर २९ सम्मका लागि कार्यक्रम रहनेछ।

यता, डालसमा भने सेप्टेम्वर ७ तारिख, शनिवार कार्यक्रम आयोजना हुने भएको छ । युएस खबर र फेम नेपालको संयुक्त आयोजनामा कार्यक्रम हुने युएस खबरका अध्यक्ष ओम आचार्यले जानकारी दिएका छन् ।

TOP