Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

विदेश पढ्न जान गत वर्ष १ लाख १२ हजारले लिए अनुमति

आर्थिक वर्ष २०८०/०८१ मा एक लाख भन्दा बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८० देखि ३१ असार २०८१ सम्मको तथ्यांक अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् । तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।

यस्तै अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।

जापानी भाषा पढ्न ३३ हजारले लिए अनुमति

वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार ३३ हजार भन्दा बढीले जापानी भाषा अध्ययनका लागि एनओसी लिएका छन् । तथ्यांक अनुसार ३३ हजार ६९७ जनाले जापानी भाषाको लागि एनओसी लिएका हुन् ।

त्यस्तैगरी २८ हजार ८९१ जनाले व्यवस्थापन विषय अध्ययन गर्नका लागि, १० हजार २९ जनाले बिजनेस अध्ययनका लागि, सूचना प्रविधि पढ्नका लागि ५ हजार ९११ जनाले, विज्ञान पढ्नका लागि ५ हजार ३८४ जनाले, कम्प्युटर विज्ञान पढ्नको लागि ४ हजार ९९२ जनाले अनुमति लिएका छन् ।

स्वास्थ्य पढ्नका लागि ४ हजार १५९ जना, विज्ञान प्रविधिको लागि ४ हजार १०२ लगायत विभिन्न विषयमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

TOP