Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध सन्दीप महँगो साबित

नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० लिगअन्तर्गत ब्राम्पटन वल्भसविरुद्धको खेलमा महँगो साबित भएका छन् । भ्यानभुकर नाइट्सबाट लिग खेलिरहेका उनले आज बिहान सम्पन्न खेलमा महँगो साबित भएका हुन् ।

यस खेलमा भ्यानकुभर ६ विकेटले पराजित भयो ।​ ब्राम्पटनविरुद्ध सन्दीपले तीन ओभर मात्र बलिङको मौका पाए, जसमा उनले एक विकेट लिएर ३९ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए पनि लय कायम राख्न सकेनन् । उनले उक्त ओभरमा ६ रन दिएर ज्याक जेर्भिसलाई तीन रनमा बोल्ड गरे ।

सन्दीपले दोस्रो ओभरमा एउटा स्टम्पिङको मौका दिए पनि त्यसमा विकेटकिपर चुके । उनले दोस्रो ओभरमा तीन छक्कासहित बिनाविकेट २२ रन खर्चिए । जारी सिजनमा उनले एकै ओभरमा २२ रन खर्चिएको यो पहिलोपटक हो । ब्राम्पटनविरुद्ध तेस्रो ओभरमा सन्दीपले बिनाविकेट ११ रन दिए ।

ग्लोबल टी–२० क्यानडा २०२४ मा उनले चार म्याच खेल्दा ५ विकेट लिएका छन् । सन्दीपले पहिलो र तेस्रोमा एकरएक तथा दोस्रो खेलमा दुई विकेट लिएका थिए । हालसम्म सन्दीपले ग्लोबल टी–२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । ब्राम्पटनविरुद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले भने राम्रो प्रदर्शन गरे ।

यस खेलमा उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । ब्राम्पटनविरुद्ध दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् । उनले फिल्डिङमार्फत ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँचरपाँच रन खर्चिए । दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ । उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए । आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए ।

भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।

TOP