Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

बिरामी बोकेको हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण

डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो ।

मौसम खराबीका कारण लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा केहीबेर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हेलिकप्टर अवतरण गरेर बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । सुर्खेत प्रहरी प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माका अनुसार मौसममा सुधार आएपछि हेलिकप्टर सुर्खेत एयरपोर्टमा ल्याइएको छ ।

TOP