Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

शेयर कारोबारले रच्यो इतिहास, अहिलेसम्मकै सबैभन्दा बढी कारोबार

सेयर बजार परिसूचक नेप्सेमा तीव्र उत्साह देखिएको छ । बुधबारको कारोबारमा ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दै गर्दा २१ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । यो उच्च कारोबार हो ।

अधिकांश लगानीकर्ताहरू हिमालयन रिइन्स्योरेन्समा झुमिदा आज कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, माउन्टेन इनर्जी कम्पनीको ४१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ४० करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मात्र मूल्य घटेको छ । ७ वटा कम्पनीको भने मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदा फाइनान्स समूहको उपसूचक ८ प्रतिशत माथिले बढेको छ । यस्तै इन्भेस्टमेन्ट समूहको उपसूचक ६.८९ प्रतिशतले बढेको छ । नेप्सेमा उत्साहप्रद वृद्धि हुँदै गर्दा आज दर्जन कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

TOP