Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह पी को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१-१२ र २१-१० ले पराजित भए । प्रिन्स विश्व वरीयताको एक सय ७२ औँ र इजरायलका जिलबरमन ५८ औँ स्थानमा छन् ।

यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।

पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सात जना खेलाडी सहभागी भएकामा पाँच जनाको खेल सकिइसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

TOP