Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नेपाली समाज टेक्ससद्धारा विद्यार्थीलाई खाद्यान्न वितरण

रोजगारी नपाएर आर्थिक समस्यामा गुज्रिरहेका नेपाली विद्यार्थीहरुलाई नेपाली समाज टेक्ससले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । नेपाली समाज टेक्सस (एनएसटी) अन्तरगतको युवा तथा विद्यार्थी कार्यदलको संयोजनमा विद्यार्थीहरुलाई आइतबार तत्कालिक राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । कार्यदलका संयोजक प्रविश श्रेष्ठले रोजगारी नपाएर आर्थिक समस्यामा परेका विद्यार्थीहरुको पीडामा थोरै भएपनि मलहम लगाउन खाद्यान्न वितरण गरिएको बताए ।

प्रत्येक विद्यार्थीहरुलाई एक बोरा रोयल बास्मति चामल, दाल, तेल, नुन, ताजा तरकारी, मसला, कर्नपफ्लेक्स लगायत प्रदान गरिएको थियो । ‘हाम्रो प्रयास अध्ययनका लागि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा झरेका हरेक नेपाली विद्यार्थी भाई–बहिनीहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने हो । तर अहिले सबैतिर संकटको समय भएको र रोजगारी पनि खुम्चिएको अवस्थाले गर्दा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो’ उनले भने ।

खाद्यान्नका लागि ४६ जनाले नाम दर्ता गराएका थिए । तर आइतबार १८ जना मात्र सामान लिन आएका थिए । बाँकीलाई घर ठेगानामै डेलिभरी गर्ने योजनामा नेपाली समाज टेक्सस रहेको छ । नेपाली समाज टेक्ससको यो कार्यलाई समुदायका सदस्यहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आगामी दिनमा समेत यस प्रकारको फुडबैंक कार्यक्रमलाई निरन्तरता दिइने नेपाली समाज टेक्ससले जनाएको छ ।

TOP