टेक्ससमा एक नेपालीको गोली हानी हत्या

टेक्ससमा एक नेपालीको गोली हत्या भएको छ । टेक्ससको ओयको आई–३५ नजिकै रहेको भरेलो स्टोरमा काम गर्ने एक नेपाली लुटेरा समूहको गोली लागी ज्यान गएको हो । आज अर्थात आईतबार बिहान ५ बजे तिन जनाको समूहमा आएको लुटेराको समूहले ३० बर्षिय दिपक वली हत्या गरेको प्रहरीले जनाएको छ ।
वली रुकुम बाफीफोर गाउँपालीका १० घर भई हाल अमेरिकाको टेक्सस ओयकोमा बस्दै आएका थिए । एक बर्ष अघी तल्लो बाटो गरि अमेरिका आएका थिए । वलीको नेपालमा श्रीमती सहित ५ बर्षिय छोरी रहेकी छिन् । हाल उनको शव डालस स्थित अस्पतालमा राखिएको छ ।
युएस खबर परिवार मृतक दिपक वलीको आत्मा चिरशान्तिको कामना गर्दछौँ ।