Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

गायक धनराज चुनाराको तीज गीत ‘हातैमा चुरा मायालु’ सार्वजनिक

चर्चित लोकदोहोरी गायक धनराज चुनाराको स्वरमा रहेको ‘हातैमा चुरा मायालु’ बोलको तीज गीत सार्वजनिक भएको छ । आधुनिक फिल्मि शैलिको उक्त गीतमा गायिका कुशुम परियारले साथ दिएकी छन् ।

गीतको भिडियोमा गायिका कुुसुम र विमल अधिकारीको अभिनय रहेको छ । सुप्रिमराज विश्वकर्माको शब्द तथा संगित रहेको उक्त गीतको एरेन्ज केशव बडुले गरेका छन् । गीतको मिक्सिङ कुमार सानु पुनले गरेका छन् । उक्त गीत भावना म्युजिक सोलुसन युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको कोरियोग्राफर तथा निर्देशन भने जेरी भण्डारीले गरेका हुन् । भिडियोको छायाँङकन भने सुर्यविनायक गुन्डुको पलान्चोक भगवति मन्दिरमा गरिएको हो ।

उसो त मोडल विमल अधिकारीले थुपै गीतमा अभिनय गरिसकेका छन् । यहि त होनी माया, थौरै थोरै लाज, ए मेरो राजा , दोधारैमा परेको छु मत लगायत थुपै गीतमा अभिनय गरिसकेका छन् । विमल अधिकारी र कुसुम परियारकाे जाेडि ‘हातैमा चुरा मायालु’ गीतमा निकै गज्जब देखिएकाे छ । आधुनिक फिल्मि शैलिको उक्त गीतमा प्रेमिल जोडिको मायाको भाव प्रकट गर्न खोजिएको छ ।

गायक धनराज चुनाराले यसअघि थुप्रै गीतहरु बजारमा ल्याइरकेका छन् । जसमा सालैको पातैमा, घाँसै काट्ने डाली छानेर, जवानीको मात आदि उनका चर्चित गीतमध्येका पर्छन् । हालसालै सार्वजनिक गरिएको सालैको पातैमा बोलको गीतले निकै चर्चा पाएको थियो । नृत्य गर्न मिल्ने गीत युटुयुबमा अत्याधिक रुचाइएको थियो । झण्डै २/३ बर्षको अन्तरालमा चुनाराले तीजको गित सार्वजनिक गरेका छन् । यो सँगै अन्य गीतहरु पनि तयारी अबस्थामा रहेको गायक चुनाराले बताएका छन् । उनि भन्छन् – ‘अन्य गीतहरु पनि तयारी अवस्थामा छन्, दर्शक स्रोताका लागि तीजमा छमछमी नाच्न मिल्ने गीत बनाएका छौँ’

गाउँ घरका मैलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन धनराज चुनारा । अझ विशेष मध्यपश्चिमका सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाहरुमा प्रचलित झ्याउरे भाका, लोक भाका, टप्पा जस्ता मैलिक गीत संगितको जर्गेना गरिरहेका गायक धनराजले लामो समय पछि मैलिक भाकाको भ्याउरे गित बजारमा ल्याएका थिए । केहि समयकाे अन्तरालमा चुनाराले ‘हातैमा चुरा मायालु’ बाेलकाे नयाँ तीज गीत सार्वजनिक गरेका हुन् ।

(भिडियाे)

TOP