अल्र्बटा नेपाल च्याम्बर अफ कमर्श गठन

क्यालगिरी (क्यानडा)- क्यानडाको अल्र्बटा प्रान्तमा रहेका नेपाली व्यवसायीहरुले अल्र्बटा नेपाल च्याम्बर अफ कमर्श स्थापना गरेका छन् ।
क्यानडाका लागि नेपाली राजदुत भरत राज पौड्यालको उपस्थितिमा आयोजित एक कार्यक्रममा बीच व्यवसायी समीर पाण्डेको अध्यक्षमा अल्र्बटा नेपाल च्याम्बर अफ कमर्शको स्थापना गरिएको जानकारी गराईयो ।
सो अवसरमा च्याम्बर अफ कमर्शको कार्यालय समेत उद्घाटन गरियो । उपाध्यक्ष दिवस ढकालको संचालनमा भएको सो अवसरमा अल्र्बटा प्रान्त प्रान्तिय सरकारका कानुन मन्त्री मिकि अमेरि, मेम्बर अफ पार्लियामेन्ट जर्ज चाहल, जसराज हल्लन, क्यालगिरी महानगरका प्रतिनिधि राज धालिवाल, जेरिमी निक्सोन,डा. चिक्का डानियस, एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल, नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारी, नेपाल च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्ल, मुकुन्द तिमिल्सिना, नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगिरीका उपाध्यक्ष सूर्य अधिकारी लगायतको सहभागिता रहेको थियो ।