सौर्य एयर जहाज दुर्घटनास्थलको दृश्यहरु (तस्बिरहरु)

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको पुष्टि गरेको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार, दुर्घटना बिहान ११:११ बजे पोखरा विमानस्थलबाट उडान भरेको केही क्षणमै भएको थियो।
विमान उडेलगत्तै दाहिनेतिर मोड्ने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको जानकारी दिइएको छ। विमानका पाइलट मनिष रत्न शाक्य र सहपाइलट एस कटवाल रहेका थिए। पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनि खतरा मुक्त रहेकाे अस्पतालले जनाएकाे छ ।
यस दुखद दुर्घटनाबाट प्रभावित सबै व्यक्ति र परिवारहरूप्रतिमा युएस खबर गहिरो समवेदना व्यक्त गर्दछ।
तस्बिरहरु : आयुस विश्वकर्मा/ युएस खबर







