अमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई

नेपालका लागि अमेरिकी राजदूत राजदूत डिन थम्पसनले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

अमेरिकी राजदूत डिन थम्पसन र परराष्ट्रमन्त्री राणाबीच शुक्रवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

शिष्टाचार भेटमा अमेरिकी राजदूत थम्पसनले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।

परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्र मन्त्री राणा र अमेरिकी राजदूत थम्पसनका बीचमा नेपाल–अमेरिका सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ ।

सोमबार परराष्ट्र मन्त्री नियुक्त भएकी डा. राणासंग यसअघि भारत र चीनका  राजदूतले शिष्टाचार भेट गरेका थिए ।

TOP