अमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

आईसीसी टी–२० विश्वकप क्रिकेट अमेरिकामा आयोजना गर्नु अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० का लागी अभिषाप सावित भएको छ । टी–२० विश्वकप क्रिकेट अमेरिकामा आयोजना गर्दा आईसीसीको २ अर्ब भन्दा बडि पैशा स्वाहा भएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भएको थियो । प्रतियोगिताका क्रममा खेलाइएको कुल ५५ मध्ये १६ खेल अमेरिकामा खेलाइएको थियो । विश्वकपका खेलहरू खेलाउन अमेरिकामा तीनवटा स्टेडियम तयार पारिएको थियो । त्यसमध्ये पनि न्युयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियम निकै चर्चामा थियो ।
नासाउ काउन्टी क्रिकेट स्टेडियम विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम भएकाले पनि यसले निकै चर्चा पाएको हो । यो स्टेडियम टी–२० विश्वकपलाई ध्यानमा राखेर मात्र तयार पारिएको थियो । यो अस्थायी प्रकृतिको क्रिकेट स्टेडियम थियो ।
विश्वकपका लागि अमेरिकामा क्रिकेट स्टेडियम तयार पार्न ठुलो धनराशि खर्च गरिएको थियो । तर, विश्वकप सकिएको एक महिना पनि बित्न नपाउँदै आईसीसी भित्र अमेरिकामा विश्वकप आयोजना गर्दा निकै ठुलो घाटा ब्यहोर्नु परेको विषयले गतिलै चर्चा पाएको छ ।
अमेरिकामा विश्वकपका खेलहरू आयोजना गर्दा दुई करोड अमेरिकी डलर ९दुई अर्ब ६० करोड नेपाली रुपैयाँभन्दा बढी० घाटा भएको विषयले आईसीसीमा ठुलै खैलाबैला मच्चाएको छ । अमेरिकामा क्रिकेट खेल खासै लोकप्रिय छैन ।
त्यसैले विश्वकपका लागि सम्पूर्ण नयाँ संरचना तयार पार्नु परेको थियो । अमेरिका आफैले पनि आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । न्युयोर्कमा अस्थायी प्रकृतिको नासाउ क्रिकेट स्टेडियम बनाउन पनि निकै ठुलो राशि खर्च गरिएको थियो ।
आईसीसीको बोर्ड बैठक यसै साता श्रीलंकाको कोलम्बोमा बस्दैछ । त्यो बोर्ड बैठकमा पनि यो विषय ठुलो छलफलको विषय बन्ने बताइएको छ । आखिर यति ठुलो धनराशि खर्च गरेर अमेरिकामा विश्वकप आयोजना गर्दाको फाइदा र बेफाइदाको विषयमा बैठकमा गम्भीर छलफल हुने बताइएको छ ।
नवौँ विश्वकपको अमेरिकामा हुने खेलका लागि आईसीसीले जति बजेट छुट्याएको थियो त्योभन्दा निकै बढी खर्च भएको बताइएको छ । आईसीसीका एक बोर्ड सदस्यका अनुसार, अमेरिकामा आयोजना हुने खेलका लागि आईसीसीले चारदेखि पाँच करोड अमेरिकी डलर खर्च गर्ने अनुमति दिएको थियो ।
तर, अहिले विश्वकप सकिएपछि थप दुई करोड अमेरिकी डलर खर्च भएको दाबी प्रस्तुत गरिएको छ । यो दाबीपछि नै आईसीसीभित्र खर्चको विषयलाई लिएर गम्भीर बहस सुरु भएको हो ।