Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

काभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै

नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।

जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ । नेपालले आफ्नो डेब्यु खेलमै उपाधी लक्ष्य राखेको छ ।

नेपाली टोलीले सन् २०१९ र २०२१ मा लगातार दुईपल्ट एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेर इतिहास नै रचेको छ । पछिल्लो संस्करणमा भने नेपाल तेस्रो बनेको थियो ।

सिंगल राउन्ड रोबिनका आधारमा सबै टोलीले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुनेछ । फाइनल खेल आगामी मंगलबार हुनेछ ।

TOP