Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा पर्ने तातोपानी बस्तीमा बाढी पसेको छ। गएराति अविरल वर्षापछि आएको बाढीले साढे ११ बजे राति घर बगाउँदा सुतिरहेका तीनजना बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका९ १२ का ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका नगर प्रमुख रवि केसीले जानकारी दिए।

सोही वडामा पर्ने तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घर भत्काउदा उनीहरुको मृत्यु भएको हो। बाढीले बगाउँदा सात जना घाइते भएका नगर प्रमुख केसीले बताए। घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको छन्।

उनका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी छ। गए राति साढे ११ बजेको समयमा उक्त घटना घटेको नगरप्रमुख केसीले जानकारी दिए। बिहानैदेखि उद्धारमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिसकेको छ ।

तातोपानी खोला र झिन्चौर खोलामा आएको लेदो सहितको बाढी बस्तीमा पसेर स्थानीयहरुको उठिबास भएको छ । गएराति आएको अविरल वर्षाले पहाड नै भत्किएर लेदो सहितको बाढी बस्तीमा पसेपछि यहाँका नागरिक चिन्तामा परेका छन्। बस्ती नै बगाउने गरेर यस्तो बाढी पहिला आएको थिएन्।’

वध्यक्ष खुम्मे कुसारीले लेदोसहितको बाढी बस्तीमा पस्दा ४० घर जोखिममा परेका बताए। गएराति ११ बजेको समयमा आएको पहिरोसहितको बाढीले ४० घर जोखिममा रहेको जानकारी दिए। उनका अनुसार बगर र तातोपानी स्थानका ४० घर बाढीका कारण जोखिममा परेका छन्।

जोखिममा रहेका ४० घरका स्थानीयहरुलाई सुरक्षीत ठाउँमा सार्ने काम पालिकाले गरिरहेको छ। केही स्थानीयहरुलाई बस्ती नजिकै रहेको काट उद्योग र खुल्ला स्थानमा पालहरु टाँगेर स्थानीयलाई सार्ने काम भइरहेको छ।

TOP