गोली लागेपनि ट्रम्पले परिवर्तन गरेनन् योजना, महाधिवेशनमा सहभागी हुँदै

पेन्सिलभेनियामा भएको चुनावी र्यालीमा कानमा गोली लागेर जोगिएका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अमेरिकास्थित बीबीसीको समाचार साझेदार सीबीएस न्यूजले यसको पुष्टि गरेको छ । ट्रम्प कहाँ गएका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर, चुनावी र्यालीपछि उनको न्यु जर्सीस्थित घर जाने योजना थियो ।
यसबाहेक पूर्व राष्ट्रपतिले आइतबार विस्कन्सिनको मिलवाकीमा हुने रिपब्लिकन राष्ट्रिय सम्मेलनमा पनि जाने योजना बनाएका छन् । उनको अभियानले योजना अनुसार मिलवाउकी जाने कुरा पुष्टि गरेको छ। महाधिवेशनमा उनलाई रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति उम्मेदवार घोषणा गरिने छ।
ट्रम्पले सोमबारदेखि सुरू हुने महाधिवेशनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवार पनि छनोट गर्ने योजना बनाएका छन् ।