Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

पेन्सिलभेनियामा ट्रम्पमाथि चुनावी भेलामा गोली चल्यो

अमेरिकाको पेन्सिलभेनियामा राज्यको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक चुनावी भेलामा गोली चलेको छ । ट्रम्पको कानको छेउमा रगत देखिएको छ भने अहिले उनलाई गुप्तचर सेनाले सुरक्षित तरिकाले अस्पताल पुगेका छन् ।

गोलीको आवाज सुनिएको र ट्रम्प भुईमा लडेको बिभिन्न सञ्चारमाध्यमले जनाएका छन् । त्यो अघि चर्को आवाज सुनिएको थियो। त्यसपछि उनलाई गुप्तचरहरुले उठाए । उनि उठता उनको अनुहारमा रगत देखिएको एबिसी न्यूजले जनाएको छ ।

ट्रम्प र्‍यालीमा बोल्दै गर्दा अचानक आवाजहरू सुनिएपछि उनले आफ्नो अनुहारको छेउ समातेका थिए। गोप्य सेवा एजेन्टहरूले तुरुन्तै स्टेजमा दौडेर उनलाई घेरे र उनलाई सुरक्षित रूपमा सवारी साधनमा लगेको जनाईएको छ।

ट्रम्पका प्रवक्ता स्टेभन चेउङले भने, पूर्व राष्ट्रपति सुरक्षित रहेको बताएका छन् । घटनामा संलग्न संदिग्धलाई हिरासतमा लिएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन।

TOP