Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

बिहीबारदेखि अवरूद्ध रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुन: सुरू भएका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा बुद्ध एयरको विमान अवतरण गर्ने धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा अरू जहाजहरू पनि अवतरण र उडान गर्न सकेका थिएनन्। शुक्रबार साढे १० बजेपछि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका हुन्। विमानस्थलका अधिकृत विनोदसिंह रावतले बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ ९माटो० छुन पुगेको थियो ।

काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको थियो । जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका थिए ।

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिएका छन् । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौंबाट बुद्ध एयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

धावनमार्गमा चिप्लिएको बुद्ध एयरको यु फोर ८०५ विमान धावनमार्गभन्दा ५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो। विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग घाँसे मैदानमा धसिएको छ।

TOP