Trending

अनेसासको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन्। वाग्ले ८५९ मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी विमला निरौलाले ५९५ मत पाएकी थिइन्।

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचित भएका छन्।

त्यस्तै महासचिवमा राजु सिटौला, सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी निर्वाचित भएकी छिन् ।

त्यसै गरी सदस्यहरूमा सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्ना लोक्सोम सुब्बा र तारा उप्रेती निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

केही उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित भएका छन् भने दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ । 

TOP