Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका नेपालीको पहिचान खुल्यो

अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । उनी २८ वर्षीय राजु झा हुन् । उनको नेपालमा घर जनकपुर हो । गएको शनिबार बेलुका उनी आफ्ना साथीहरूसँग पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए। साथीहरूका अनुसार पौडी खेल्न नजान्ने उनी केही बेरमा नै पानीमुनि पुगे र बाहिर निस्किएनन्।

उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो। शव बेलुका ८ः३० बजेतिर बाहिर निकालिएको थियो। ती नेपाली युवक ओरेगनको पोर्टल्यान्डमा बस्दै आएका र साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका बताइएको छ। पार्कका अधिकारीहरूले उनको परिवारलाई खबर गरिदिन नेपाल कन्सुलेटलाई घटनाबारे जानकारी गराएका छन्। ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा अवस्थित छ।

TOP