Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

नेपाली मुलका डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड

नेशनल एशोसियसन अफ डेफ (एनएडि) ले मेरिल्यान्ड जनरल एसेम्वलीका डेलिगेट (प्रतिनिधि) ह्यारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ (विधायिकी) अवार्डले पुरस्कृत गरेको छ । अमेरिका सबै राज्यहरुका विधायकहरुबाट उनीहरुले निर्माण गरेका कानुन र त्यसको प्रभावकारिताको आधारमा छनोट गरि उक्त अवार्ड दिइएको हो । भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो विधायकको रुपमा दुई पटकसम्म मेरिल्यान्डमा निर्वाचित जनप्रतिनिधि हुन् ।

अमेरिकाको सिकागो राज्यमा आयोजित ५७ औ नेशनल कन्भेन्सन अफ डेफमा नागरिकको अधिकारको लागि सुनिश्चित गर्दे आएका र सन् १८५० मा अमेरिकाको न्यूइंग्ल्यान्डमा स्थापना भएको नेशनल एशोसियसन अफ डेफले भण्डारीलाई उक्त अवार्डले विभुषित गरेको हो । श्रवण, दृश्य शक्ति कमजोर भएका र पूर्ण रुपमा अपांगता भएका लाखौं अमेरिकीहरु र उनीहरुको परिवारको लागि जीवनस्तर उकास्नको लागि वकालत गर्दे आएको उक्त संस्था अमेरिकामा भएका सबैभन्दा पुरानो इतिहास वोकेको संस्था हो ।

उक्त संस्थाका सदस्यहरुमा युएस मेम्बर अफ दि वर्ल्ड फेडेरेशन अफ दि डेफ जस अर्न्तगत एक सय विस देशका एशोसियसन अफ डेफका सदस्य रहेका छन् । अमेरिका र विश्वभरिवाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रस्तुत गरिएको थियो । उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म सिकागोमा जारी छ ।

सिभिल राइट (नागरिक अधिकार) को क्षेत्रमा विगत १७० वर्ष भन्दा वढी वर्ष देखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरिबाट विधायकहरुले पास गरेको विधयेकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गर्ने गरिएको छ ।

TOP