Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

नेपाली दुताबासको शिकागोमा अगस्त २ देखि ४ सम्म घुम्ति राहदानी सेवा शिविर

अमेरिका इस्थित नेपाली दूतावासले अगस्त २ देखि ४ सम्म शिकागोमा घुम्ति राहदानी सेवा शिविर संचालन गर्ने भएको छ । शिकागो करी हाउसमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने शिबिरमा राहदानी सेवा प्रदान गरिनेछ ।

उक्त शिविरमा १२ महिनाभित्र राहदानीको म्याद सकिन लागेकाहरुले नविकरणको लागि निवेदन दिनसक्नेछन् । राहदानी हराएका वा च्यातिएले पनि आवेदन दिन सक्नेछन् । उक्त शिविरमा विद्युतीय राहदानी नविकरणका लागि आवेदन दिन चाहनेहरुले पहिले आफ्नो मोबाइल वा ल्यापटपको टाइमजोन काठमाडौं नेपाल छनौट गर्नुपर्नेछ । त्यसपछि अप्वाइन्टमेन्ट लिने वेवसाइटमा गएर राहदानीका लागि आवेदनमा क्लीक गर्नुपर्छ । त्यसपछि नविकरण गर्न वा अर्को प्राप्त गर्न चाहनेहरुले नविकरणमा क्लीक गर्नुपर्छ भने हातले लेखेको राहदानी नवीकरणको लागि पहिलोपटक आवेदनमा क्लीक गर्नपर्छ ।

त्यसपछि शिकागो घुम्ती शिविरका लागि मात्र उपलब्ध गराइएको अगस्त ३ को अप्वाइन्टमेन्ट छनौट गरी सबै विवरण भरेर बारकोडसहितको पीडीएफ फारम डाउनलोड गर्नुपर्छ । उक्त बारकोडसहितको फारामको स्क्यान गरिएको पीडीएफ प्रति, राहदानी र नागरिकताको फोटोकपी इमेलमा अट्याच गरी जुलाई २६ अगावै प्रमाणिकरणका लागि आफ्नो मोबाइल नम्बर समेत उल्लेख गरी दूतावासको इमेलमा पठाउनु पर्नेछ।

फाराम प्रमाणिकरण नगरी निवेदकले भरेको विवरणहरु निकाल्न नसकिने र सो नभई बायोमेट्रिक लिन नसकिने भएकोले फारामलाई प्रमाणिकरणको लागि अनिवार्य रुपमा जुलाई २६ भित्र दूतावासमा इमेल (passportchicago@nepalembassyusa.org) गर्न सुझाव दिइएको छ । अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ ।

घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजकले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराउने जनाइएको छ। आवेदकलाई शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति र राहदानी दस्तुर सहित आउन सुझाव दिइएको छ ।

राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका लागि डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । त्यस्तै १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि डेबिट कार्डबाट ७६ डलर ७५ सेन्टस र क्रेडिट कार्डबाट ७५ डलरमा ३ प्रतिशत थपेर लिइनेछ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट ३०६ डलर र क्रेडिट कार्डबाट ३ सय डलरमा ३ प्रतिशत थपेर लिइनेछ । १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १ सय ५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।

नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम पनि साथमा ल्याउनुपर्नेछ । थप जानकारी आवश्यक भएमा स्थानीय संयोजक सुमन श्रेष्ठ (५६१) ९००-८४११ र बाला घिमिरे (७७३) ७१०-३७९५ लाई सम्पर्क गर्न सकिनेछ वा वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

अगस्त ३ का दिन राहदानी सेवाका लागि खोलिएका अप्वाइन्टमेन्ट स्लटहरु अगस्त २ देखि ४ सम्म शिकागोमा आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको दूतावासले प्रष्ट पारेको छ । अगस्त ३ का दिन दूतावास बन्द हुने भएकाले दूतावासबाटै सेवा लिन चाहने सेवाग्राहीहरुले उल्लेखित मितिको अप्वाइन्टमेन्ट नलिन अनुरोध गरिएको छ।अन्यथा उक्त मितिको अप्वाइन्टमेन्ट लिई आएमा वासिंटन डिसीमा रहेको दूतावासबाट सेवा प्रदान गर्न नसकिने पनि दूतावासले जनाएको छ ।

यता, जुलाई ९ देखी १४ मा क्यालिफोर्निया राज्यको लस एञ्जलसमा शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सञ्चालन हुदैँछ ।

TOP