जय नेपाल फाउनडेशन अष्ट्रेलियाले शिक्षा सम्बन्धी वेबिनार आयोजना गर्दै
अष्ट्रेलिया – जय नेपाल इन्टरनेशनल फाउनडेशन, अष्ट्रेलिया च्याप्टरले “ओपन एजुकेसन: कनेक्टिङ लोकल टु ग्लोबल” विषयक वेबिनार आयोजना गर्न लागेको छ।
कार्यक्रममा “खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू” शीर्षकमा युनिभर्सिटी अफ क्विन्सल्याण्डका डा. देवराज पौड्यालले आफ्नो प्रस्तुति दिने छन् गर्दै भने “उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा शिलु मानन्धर बज्राचार्यले प्रस्तुति दिने छिन। प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा जीवराज पोखरेल, डा हिमलाल घिमिरे र डा प्रमोद ढकाल रहेको जय नेपाल इन्टरनेशनल फाउनडेशन अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा डिल्ली बन्जाडेले बताए । कार्यक्रमलाई डा. राजु अधिकारीले संचालन गर्नेछन् भने जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्नेछन्।
विश्वव्यापी रुपमा खुला विश्वविद्यालयको अवधारणा बढ्दै गएको परिप्रेक्षमा नेपालले यसबाट कसरी फाइदा लिन सक्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाको अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए।
कार्यक्रमको विवरण :
नेपाल:
मिति: जुन २९, २०२४ (शनिवार ) समय र अवधि: बिहान ८:०० देखि १०:०० बजे
अमेरिकाज :
मिति: जुन २८, २०२४ (शुक्रवार ) समय र अवधि: साँझ १०:१५ देखि १२:१५ बजे (न्युयोर्क समय) समय र अवधि: साँझ ०७:१५ देखि ०९:१५ बजे (क्यालिफोर्निया समय)
कार्यक्रममा जोडिनको लागि जुम लिंक जुम आईडी: – 94536469651 पासवर्ड:- २०२४