Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पूजा शर्मा स्टारर ‘दान्भी’लाई उत्साहजनक शो

पूजा शर्मा स्टारर एक्सन फिल्म ‘दान्भी’ले उत्साहजनक शो पाएको छ।
भोलि असार ७ गतेदेखि रिलिज हुने यस फिल्मले मल्टिप्लेक्स हलहरुबाट पहिलो दिनलाई सुखद शो पाएको हो। क्यूएफएक्सले पहिलो दिन यस फिल्मलाई उपत्यकाभरि १६ शो र बाहिर ३१ शो उपलब्ध गराएको हो। आईएनआई १२, वान सिनेमाज ७, एफक्यू, बीएसआर, बिग मुभिज रञ्जनालगायत मल्टिप्लेक्स हलमा पनि राम्रै शो पाएको छ।

उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, दमौलीलगायत प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म प्रदर्शन हुनेछ। रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजाले पहिलोपटक एक्सन चरित्र निर्वाह गरेकी छन्। यस फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायतले अभिनय गरेका छन्।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन्। रविना थापा मगरको कथा रहेको फिल्ममा सन्जोग राणाको पटकथा तथा संवाद छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यकामा र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन्।

TOP