Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

‘ह्रस्व दीर्घ’ लुक्समा यस्ती देखिइन् नीता

फिल्म ‘ह्रस्व दीर्घ’ले अभिनेत्री नीता ढुंगानाको पात्रको लुक दर्शाउने पोस्टर सार्वजनिक गरेको छ । मंगलबार नेपाली र तेलुगू संस्करणका दुई पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ । नीता हातमा बज्र लिएर उभिएकी छन् । पोस्टरमा कलाकारहरु ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिचर हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली फिल्ममा एक्सन कोरियोग्राफर विधामा चर्चित छन् ।

‘ह्स्वदीर्घ’मा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रदीप रावत, कवीर दुहान सिंहको समेत अभिनय छ । हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचिसकेका छन् ।

नेपाल र भारतमा छायांकन गरिएको फिल्मलाई मित्र गुरुङले सम्पादन, रामजी लामिछाने र बलिउडकी सुस्मा सुमनको डान्स कोरियोग्राफी छ ।

TOP