Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

किन गर्छन नेपाली कलाकार पर्यटक भिसाको दुरुपयोग ?

नेपाली कलाकारहरुले अमेरिकाले दियको पर्यटक भिसाको दुरुपयोग गरेको पाइएको छ। साङ्गीतिक कार्यक्रमको लागी अमेरिका पुग्न नेपाली कलाकारहरुले गैर कानुनी तरिका अपनाउने गरेको खुलेको छ । अमेरिकी सरकारलाई कर छली गरेर साङ्गीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका पुग्ने गरेको खुलेको हो ।
अधिकांस नेपाली कलाकारहरु पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले साङ्गीतिक कार्यक्रम गर्नुलाई अमेरिकी सरकारले गैर कानुन भनेर व्याख्या गरेको छन् । पर्यटक भिसामा साङ्गीतिक कार्यक्रमका लागी अमेरिका पुगेका केही नेपाली कलाकारलाई त अमेरिकाले सिधै नेपाल फर्काएको तथ्य पनि छन् । कतिपय कलाकारको त अमेरिकाको भिसा नै रद्द गरिदिएको पाइएको छ ।
यसको ठुलो उदाहरण हुन् नेपालकी चर्चित गायिका आस्था राउत । उनलाई अमेरिका प्रवेशमा रोक लगाउँदै नेपाल फर्काएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ मा हुने लागेको साङ्गीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई नेपाल फर्काइएको थियो । टेक्सास स्थित डल्लास अध्यागमनले नेपाल फिर्ता पठाएको थियो ।
उनलाई अमेरिकी अधिकारीहरूले पर्यटक भिसामा साङ्गीतिक कार्यक्रम गर्न नपाइने भन्दै फिर्ता पठाएका थियो । आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको कुरा आस्था आफैँले जानकारी गराएकी थिइन् । २०२२ को डिसेम्बर १० उनी त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेका थिए ।
गायिका राउतले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे अध्यागमनलाई जानकारी गराएकी थिइन् । तर उनलाई काठमाडौँ दूतावासमा पुगेर पुन पी–३ भिसा (पर्फमेन्स भिसा) लिएर आउन भनिएको थियो ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी अमेरिकी गएकी थिइन् ।

आस्था रावत त प्रतिनिधी पात्र मात्र हुन् । जसले बास्तबिकता बताएका कारण डिपोर्ट हुन पुगेकी हुन् तर नेपालका अधिकांश कलाकार अमेरिकी सरकारलाई कर छली गर्न पर्यटन भिसा बि २ को दुरुपयोग गर्ने गरेका छन् । जसका कारण उनीहरू कालान्तरमा समस्यामा पर्ने गरेका छन् । बि २ भिसा लिएर सांगितिक प्रस्तुती दिनेमा नेपालका चर्चित गायक प्रकाश सपुत, शिव परियार, सुनिता दुलाल लगायत पनि रहेका छन् ।

यसै सन्दर्भमा गायक प्रकाश सपुत पुनः पर्यटक भिषामा नै सांगितिक प्रस्तुती दिन अमेरिका आउने तयारी गरेका छन् । यही जुन १४ मा हुने कार्यक्रमका लागी अमेरिका उड्ने तयारीमा छन् । जसको विज्ञापन पनि भइसकेको छ, टेक्ससको डालस, फ्रिस्को र राजधानी अस्टीनमा उनको सांगितिक प्रस्तुती रहनेछ । कार्यक्रमको सबै तयारी भैसकेको आयोजकले जनाएका छन् । पर्यटक भिषामा आएर सांगितिक प्रस्तुती दिनु कानुनत: गैर कानुनी हो । अमेरिकामा प्रस्तुति दिन कलाकारले पी–३ भिसा (पर्फमेन्स भिसा) लिनु पर्ने हुन्छ । हामीले आयोेजकसंग उनको भिषाका बारे बुझ्दा आयोजक अनभिज्ञ रहेको पाईएको छ । सांगितिक प्रस्तुतिका लागी कलाकारलाई अमेरिका निमन्त्रणा गर्दा कलाकारको पि ३ भिषाको प्रबन्ध आयोजकले नै गर्नुपर्ने हुन्छ । यसमा पनि आयोजक र गायक प्रकाश सपुतले गैर कानुनी तरिका रोजेको प्रस्ट देखिन्छ । यसले गर्दा भोली अमेरिकाले प्रकाश सपुतलाई पनि अमेरिका प्रवेशमा रोक नलाउला भन्न सकिन्न । प्रकाश सपुत जस्तो चर्चित नेपाली कलाकारले नै गैर कानुनी बाटो अपनाउँदा कालान्तरमा समस्या हुन सक्ने सम्भावना रहन्छ । यसको लागी प्रकाश सपुतले बेलैमा सोच्न पर्ने देखिन्छ ।


नेपालबाट अमेरिकामा सांगितिक कार्यक्रममा जाने हरेक कलाकारले पर्यटन भिसाका बारेमा बुझ्न आवश्यक छ । भोलिका दिनमा कुनै पनि नेपाली कलाकारले अमेरिकाबाट फर्किनु पर्ने अवस्था नआहोस् ।

के हो बि १, बि २ र पि ३ भिषा ?

अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । यदि कुनै पनि व्यक्ति संयुक्त राज्य अमेरिका भ्रमण गर्न चाहेको खण्डमा अमेरिकी पर्यटक भिसा लिनुपर्ने हुन्छ । अमेरिका भ्रमणका लागी लिइने भिसालाई नै अमेरिकी पर्यटक भिसा भनिन्छ । अमेरिका भ्रमणका लागी बि १, बि २ भिसा लिनु पर्ने हुन्छ । साधारणतया, बि १ भिसा ती यात्रीहरूका लागि हुन् जो व्यापार सहयोगीहरूसँग परामर्श गर्न, वैज्ञानिक, शैक्षिक, व्यावसायिक वा व्यापार अधिवेशन सम्मेलनमा उपस्थित हुन, सम्पत्ति मामिला मिलाउन वा ठेक्का सम्झौताका लागि यात्रा गर्दै छन् । बि २ भिसा साथीभाइ वा नातेदारसँग भेटघाट, चिकित्सा उपचार आदिसँग जोडिएका यात्राको लागि हो ।

कुनै सांगितिक वा कला प्रर्दशन गर्नका लागी पि ३ भिषा लिनुपर्ने हुन्छ । पी ३ बाहक कलाकारले पारिश्रमिक लिएर कार्यक्रममा प्रस्तुती दिन पाउछन् । सो कार्यक्रमबाट अमेरिकी सरकारले कर समेत संकलन गर्दछ तर अमेरिकामा हुने साङ्गीतिक कार्यक्रममा नेपाली कलाकारले पर्यटन भिसा बि २ मा नै प्रस्तुती दिने गरेका छन् । जसका कारण उनीहरूलाई अमेरिका सरकारले प्रवेशमा रोक लगाउने गरेको छ । यसमा हामीले बुझ्न पर्ने कुरा के छ भने बि २ पर्यटन भिसामा अमेरिकामा हुने साङ्गीतिक कार्यक्रमहरूमा दर्शकको रूपमा त सहभागिता जनाउन पाइन्छ तर कलाकारले प्रस्तुती दिन पाइदैन किन भने कलाकारले आफ्नो प्रस्तुती दिन्छ भने उक्त कार्यक्रमबाट कलाकारले पारिश्रमिक प्राप्त गर्छ । त्यसको लागी कलाकारहरूले पी–३ भिसा (पर्फमेन्स भिसा) लिनु पर्ने हुन्छ । बि २ भिसा लिएकाहरुले कुनै पनि आर्थिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन् ।

नेपालबाट विदेशमा कार्यक्रम गर्न जादाँ नेपालको सिंगो संस्कृति र संस्कार बोकेर कलाकारहरु गएका हुन्छन् । एउटा सानो गल्तीले राष्ट्रका गहनाहरू लज्जित हुनुपर्ने अवस्थाबाट जोगिन संयम कलाकारहरु नै ध्यान दिनपर्ने देखिन्छ । भिसा जस्तो समवेदना विषयमा कलाकारले नै गैरकानुनी बाटो अपनाउँदा देशको नै अपमान हुने अवस्था नआउला भन्न सकिन्न । त्यसैले पनि यो विषयमा कलाकारहरुले सतर्कता अपनाउन आवश्यक छ।

TOP