Trending

अमेरिका पुगेर बालबालिकाको सहयोगार्थ कार्यक्रममा रमेश प्रसाई दम्पतीको सहभागीता

अनाथ बालबालिकाको सहयोगार्थ अमेरिकाको टेक्सासका आयोजित कार्यक्रममा रास्वपा सह प्रवक्ता रमेश प्रसाई सहभागी भएका छन् । ईनर भिजनद्वारा आयोजित बालबालिका लक्षित च्यारिटेवल कार्यक्रमका लागि प्रसाई र उनकी श्रीमती नन्दा प्रसाई टेक्सास आएका हुन् । नेपाली समाज टेक्साससंगको सहकार्यमा युलेश स्थित नेपाली मन्दिरमा आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रसाई र उनकी श्रीमती नन्दाले ईनर भिजन नेपालको उदेश्य, आवश्यकता, अवस्था र चुनौतीका बारेमा आफ्नो भनाई राखेका थिए ।

बालबालिकाको सहयोगार्थ फण्ड रेईजिङ्ग यस कार्यक्रम जुन ९ तारिक शनिबार बिहान १० बजेबाट सुरु भएको थियो । नेपाली समाज टेक्सास लगायत समाज लगाएत नेपाली समुदायको पनि कार्यक्रमा बाक्लो उपस्थिति रहेको थियो । उपस्थिती रहेको कार्यक्रमबाट दाताहरुबाट रकम संकलन गरिएको छ । संकलित रकम खाँचोमा परेका बालबालिकाको सेवामा खर्च गरिने आयोजकले जानकारी गराएको छ ।

इनर भिजन नेपाल आमाबाबुबाट वञ्चित बालबालिकाहरूलाई मद्दत गर्दै आएको छ । इनर भिजन नेपाल बाल गृहमा चलाइरहेको छ । जना बालबालिका लिएर संचालन आरम्भ गरिएको इनर भिजन नेपालको बाल गृहमा बालबालिकाको संख्या बृद्धी हुँदै गहिरहेको छ । बालगृह संचालनका लागि आवश्यक रकम अभावका कारण समस्यामा रहेका थप बालबालिकाको उचित सेवामा समस्या देखिदैं आएको छ । जसका लागि ईनर नेपालले टेक्सासमा रकम संकलन सहितको कार्यक्रम राखेको हो ।

TOP