Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी असार ७ मा गठन भएको दुई वर्ष पुग्दैछ । रास्वापाले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।

रास्वपाले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा साताव्यापीे कार्यक्रम गर्ने भए पछि अहिले सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । सहकारीबाट ठगको पैशाले रास्वापाले उत्सव मनाउन लागेको भन्दै अहिले बिरोध भएको हो । सामाजिक सञ्जालका पोष्टहरुमा धेरैले रास्वपा प्रति नकरात्मक प्रतिक्रिया लेखेका छन् , दोस्रो स्थापना दिवसको दिन पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चार माध्यमका सम्पादकहरुलाई छुट्टै आमन्त्रण गर्ने भएको छ । सम्पादकसँग पार्टी नेतृत्वले छुट्टै चियापानसहितको छुट्टै कार्यक्रम बनाएको बुर्लाकोटीले जानकारी गराए ।

प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ । १ असारमा देखि हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ । रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजीक्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी टेलिभिजन चलाउने क्रममा सहकारीको रकम गैरकानुनी रूपमा प्रयोग गरेको आरोप लागेको छ। ग्यालेक्सी टिभीका सञ्चालकले गैरकानुनी रूपमा सहकारीबाट लगानी गरेका आरोप उनी माथि छ ।

विशेषगरी पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट करोडौँ रकम ग्यालेक्सी टेलिभिजनको सञ्चालक गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा लगानी भएको आरोप लागेको छ । यस विषयमा छानविन गर्न संसदिय समिति पनि गठन भई सकेको छ । यहि विषयलाई लिएर रास्वपा विवादित र आलोचित बन्दै गएको छ ।

TOP