Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

फ्रान्सका राष्ट्रपतिद्वारा संसद् विघटनको घोषणा, दुई चरणमा चुनाव हुने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू) को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद् भङ्ग गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । म्याक्रोनले संसद् भङ्गको घोषणा गर्दै ईयू चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन् ।

ईयू चुनावमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली (आरएन)ले ३२ दशमलव ३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४ दशमलव ८ देखि १५ दशमलव २ प्रतिशत मत प्राप्त गरेको छ । फ्रान्समा पछिल्लो आमचुनाव सन् २०२२ मा भएको थियो ।

TOP