Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा भाइरल

बलिउड अभिनेत्री कंगना रनौतमाथि हातपात भएको छ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआइ एसएफ हवलदार कुलबिंदर कौरले थप्पड हानेकी छन् । चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ ।

कंगनाले हालैका दिनमा किसान आन्दोलनबारे दिएका अभिव्यक्तिलाई लिएर ती महिला सुरक्षाकर्मी आक्रोशित भएको जनाइएको छ । यो घटनाबारे कंगनाले भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहेको बताएकी छन् । कंगना र महिला हवलदारबिच भनाभन भएको थियो । अभिनेत्रीमाथि हानिएको थप्पड किसान आन्दोलनको जवाफ भएको कंगनाले एक भिडियोमा भनेकी छिन् ।

यस घटनाबारे कंगनाले ‘म सुरक्षित छु, ठिक छु । आज चन्डीगढ विमानस्थलमा जे भयो त्यो सेक्युरिटी चेकको साथ भयो । म त्यहाँ सेक्युरिटी चेक गराएर निस्किएको मात्रै थिए, अर्को क्याबिनमा एक महिला मैले बाटो पार कति बेला गर्छु भनेर कुरिरहेकी थिइन् । साइडबाट आएर मेरो अनुहारमा थप्पड हानिन् अनि गाली गर्न थालिन् । यस्तो किन गरेको भनेर मैले सोध्दा आफूले किसान आन्दोलनलाई सपोर्ट गर्छु भनेर उनले भनिन् । तर मेरो चिन्ता पन्जाबमा बढ्दो आतङ्कवाद र उग्रवादलाई हामी कसरी ह्यान्डल गर्छौ भन्ने हो रु’ भनेकी छिन्,

सीआइ एसएफ हवलदार कुलबिंदर कौरको पनि एउटा भिडियो बाहिरिएको छ । कंगनाले किसान आन्दोलनमा सहभागी महिलाहरू सय–सय रुपैयाँ लिएर बसेको भन्ने अभिव्यक्ति दिएकी थिइन्, त्यतिबेला आफ्नी आमा पनि किसान आन्दोलनमा जाने गरेको कौरले बताएकी छिन् ।

यस घटनापछि कौर निलम्बनमा परेकी छिन् । उनको श्रीमान् पनि सीआइ एसएफमा भएको बताइएको छ । कंगनाले हालै हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभाको चुनावमा जितेकी छिन् । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । लोकसभा चुनावमा भाजपाकी उम्मेदवार तथा बलिउड क्वीन रनौत हिमांचल प्रदेशको मंडी सिटमा विजयी भएकी हुन् । कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका कारण विवादमा तानिने गर्छिन् ।

TOP