Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

मोदी एनडीए संसदीय दलको नेता चयन

भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सत्तारुढ गठबन्धन एनडीएको संसदीय दलको नेता चयन भएका छन्। तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने तयारीमा रहेका मोदीलाई शुक्रबार गठबन्धनले सर्वसम्मतरुपमा दलको नेता चयन गरेको भारतीय संचार माध्यमले बताएका छन्। एनडीए संसदीय दलको बैठकमा भाजपा नेता राजनाथ सिंहले मोदीको नाम दलको नेतामा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकमा सर्वसम्मतीले अनुमोदित भएको थियो।

गठबन्धन बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमार र क्षेत्रीय दल टीडीपीका प्रमुख चन्द्रबाबु नायडू समेत उपस्थित थिए। हालै सम्पन्न लोकसभा चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन असफल भएपछि मोदी गठबन्धन दलको साथमा प्रधानमन्त्री बन्ने तयारीमा छन्। आइतबार शपथको तयारी गरेका मोदीका लागि नितिश कुमार र नायडूको साथ अनिवार्य जस्तै छ। उनीहरुले पनि आफूहरुले मोदीलाई नै सघाउने बताएका छन्।

TOP