Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

टी-२० विश्वकप : नामिबिया स्कटल्यान्डसँग पराजित

स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो । १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे ।

माइकल लिस्क १७ बलमा ४ छक्कासहित ३५, जर्ज मुन्शे ७, माइकल जोन्स २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए । नामिबियाका कप्तान जेराल्ड इरास्मसले २, डेविड विजा, टागेंनी लुगांमेनी र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । कप्तान जेराल्ड इरास्मसले ३१ बलमा ५ चौका र २ छक्कासहित ५२ रन बनाउँदै अलराउण्ड प्रदर्शन गरेपनि जित निकाल्न पर्याप्त भएन । निकोलस डेभिन २०, जेन फ्रेलिंक १२, जेन ग्रीन २८ र डेविड विजाले १४ रन बनाए ।

स्कटल्यान्डका ब्राड ह्वीलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्राड करीले २, क्रिस सोल, क्रिस गेभ्स र माइकल लिस्कले १–१ विकेट लिए ।पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

त्यस्तै समूह ए मा आज भएको खेलमा डालसमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनी मच्चाएको छ । समूह डी को नेपाल मंगलबार नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अव नेपालले १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

TOP