Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

ईश्वरी बरालको नयाँ गीत ‘माया छकि छैन’ सार्वजनिक

गायिका ईश्वरी बरालको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया छकि छैन’ बोलको गीत सार्वजनिक भएको हो । गायिका ईश्वरी बरालको स्वरमा रहेको गीत बुधबार मात्रै सार्वजनिक भएको हो । गीतको भिडियोमा आर्यन सिग्देल, मोनिका बोहोरा , सुजल बमको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका बरालको पनि अभिनय र नृत्य देख्न सकिन्छ।

शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको छ।

गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका छन् भने छायाङ्कन नवराज उप्रेतीको छ। उक्त गीत श्री ईश्वरी प्रडक्सन युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गायिका बरालले यो भन्दा पहिला पनि दर्शक श्रोतालाई उत्कृष्ट सिर्जना दिसकेकी छन् । यसअघि ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी‘’ ‘लभ पर्न सक्छ’लगायतका थुप्रै गीतहरुमा स्वर दिइसकेकी छिन् । उनका गीतहरु सर्वाधिक रुचाइएको छ ।

बराल हाल पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

TOP