Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गर्छ । ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।

छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ । ट्रेलरमा दयाहाङ र छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले दयाहाङ राई सुरुमा आफूहरुको छनोट नरहेको बताए ।

‘उहाँको स्टारडम देखेर हामीले नन–एक्टर लिएर काम गर्ने सोच बनाएका थियौं । तर यो भूमिका गर्न उहाँको पनि इच्छा र राई समुदायकै एक्टर भएकाले पनि उहाँलाई कास्ट गरेका हौं,’ सुब्बाले भने । दयाहाङले फेस्टिभल सर्किटबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो फिल्मलाई दयाहाङले करिअरकै उत्कृष्टमध्येको फिल्मको रुपमा बताउँदै आएका छन् ।

यो फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म जेठ २५ गते विश्वभर रिलिज तयारीमा छ ।

TOP