Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

बेंगलुरुलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध चार विकेटको जित निकाल्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार अहमदाबादमा बेंगलुरुले प्रस्तुत गरेको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा ओपनर यशस्वी जयसवालले ४५ रन बनाए । रियान परागले ३६, सिम्रन हेटमायरले २६, टिम कोह्लेर क्याडमोरले २० र कप्तान सञ्जु सामसनले १७ रन जोडे । रोभमन पावेल १६ रनमा अविजित रहे । बेंगलुरुका मोहम्मद सिराजले दुई विकेट लिए । लकी फर्गुसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बेंगलुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७२ रन बनाएको थियो । बेंगलुरुका रजत पटिदरले ३४ रन बनाए । विराट कोहलीले ३३, मिपाल लोम्रोरले ३२, क्यामरुन ग्रिनले २७ र कप्तान फाफ डु प्लेसिसले १७ रन थपे । राजस्थानका आवेस खानले तीन विकेट लिए । रविचन्द्रन आश्विनले दुई र ट्रेन्ट बोट, सन्दीप शर्मा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

राजस्थानले अब फाइनलमा प्रवेशका निम्ति सनराइजर्स हैदराबादसँग खेल्नेछ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएपछि हैदराबादले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

TOP