Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कोलकाता आईपीएलको फाइनलमा, हैदराबादको लज्जास्पद हार

कोलकाता नाइट राइडर्स भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता फाइनलमा पुगेको हो । अब उपाधिका लागि कोलकाताले दोस्रो क्वालिफायरको विजेतासँग आगामी आइतबार खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिम हैदराबाद र इलिमिनेटर खेलको विजेता (राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीचको खेल) भिड्ने छन् ।

अहमदाबादमा भएको खेलमा कोलकाता ८ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा १५९ रन बनायो । यो हैदराबादको जारी लिगको कमजोर स्कोर हो । हैदराबादले प्रायः २०० रन पार गरेर कीर्तिमान बनाउँदै आएको थियो ।

राहुल त्रिपाठीले ३५ बलमा ५५, हेन्रिच क्लासेनले २१ बलमा ३२ तथा कप्तान पाट कमिन्सले २४ बलमा ३० रन बनाए । मिचेल स्टार्चले ३ विकेट लिए । जवाफमा कोलकाताले १३.४ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । तेस्रो विकेटका लागि ९७ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान श्रेयस अय्यरले २४ बलमा ५८ तथा वैंकटेश अय्यरले २८ बलमा ५१ रन जोडे । रहमुल्लाह गुरबाजले १४ बलमा २३ तथा सुनिल नाराइनले १६ बलमा २१ रन बनाए ।

TOP