Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नेपाली क्रिकेट टोलीले १० वर्ष पश्चात विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालसमा फ्यान फेस्टिभल आयोजना

नेपाली क्रिकेट टोलीले १० वर्ष पश्चात विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालसमा फ्यान फेस्टिभल आयोजना हुने भएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीको सफलता र विश्वकपमा छनोट भएको उत्सवका रुपमा विशेष कार्यक्रम आयोजना हुने हेतुले फ्यान फेस्टिभल मनाउन लागिएको हो ।

जुन २ आईतबारका दिन आयोजना हुने कार्यक्रममा नेपाल क्रिकेट सङ्घका पदाधिकारी र खेलाडीलाई समान तथा नेपाली क्रिकेट समर्थकहरु संग मिट एण्ड ग्रिट को समेत आयोजना गरिएको आयोजकले जनाएका छन् । ड्यालस अर्भिंगमा रहेको ह्यांगआउट स्पोर्ट बारमा आयोजना गरिने कार्यक्रममा खेलाडी सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

कार्यक्रममा चर्चित गायक सुदिप गिरी, गायिका नलिना चित्रकार लगायत विभिन्न ब्यान्डको साङ्गीतिक कार्यक्रम समेत रहने आयोजक मध्येका एक फेम नेपालका निर्देशक बिमल पछाईले जानकारी दिए। कार्यक्रमको आयोजना ठमेल एनवाईसी, फेम नेपाल, युएस खबर र ह्यांगआउट इन्टरटेन्टमेन्टले गरेको हो ।

कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजक मध्येका एक ठमेल एनवाईसीका प्रमुख लेलिन कडेलको भनाई रहेको छ ।

टि–ट्वान्टी विश्वकप नजिकिंदै गर्दा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र वेस्ट इन्डिजको भ्रमणमा अभ्यास गरिरहेको छ। विश्वकप अन्तर्गत नेपालले पहिलो खेल ड्यालस नजिकैको ग्राण्डप्यारी स्टेडियममा हुदैँछ । ड्यालसमा नेपाली समुदायको बाक्लो बसाई रहेका कारण पनि पहिलो खेलमा नेपाली समर्थकको सहभागिता रहने अनुमान गर्न सकिन्छ ।

TOP