Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

अमेरिकाको टेक्सासमा सुदूरपश्चिमेलीहरुकाे बनभोज सम्पन्न

अमेरिकाको टेक्सासमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले एकै स्थानमा जम्मा भएर बनभोज कार्यक्रमको सम्पन्न गरेका छन् । आइतबार सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा ड्यालसको सुन्दर पर्यटकीय स्थल ग्रेपभाईन लेकमा जम्मा भएर बनभोज कार्यक्रम बनभोज कार्यक्रमको आयाेजना गरिएकाे हाे ।

नेपाली नयाँ बर्ष २०८१ को समेत अवसर पारेर बनभोज आयोजना गरिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीले बताए । बिभिन्न चाडपर्बहरु तथा बनभोज कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दा अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुमा नेपाल र नेपाली भाषा सँस्कृतिसँग नजिक हुनको लागि सहयोग पुग्ने अध्यक्ष केसीले बताउनु भयो ।

बनभोजका अवसरमा बिभिन्न डेउडा खेल लगागत बिभिन्न प्रस्तुती रहने थिए । उक्त कार्यक्रममा टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुलाई सपरिवार सहभागि भएकाे देख्न सकिन्थ्याे । सुदूरपश्चिम नेपाली समाज टेक्सासले हरेक बर्ष नयाँ बर्ष, होली, गौरा पर्ब जस्ता सुदूरपश्चिम क्षेत्रमा मनाईने प्रमुख चाड पर्बको अवसरमा सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जमघट गराउँदै आएको छ ।

भैगोलिक रुपमा निकै ठूलो राज्य टेक्सासका बिभिन्न स्थानमा बस्ने गर्दछन् । अन्य समयमा काममा व्यस्त रहनु पर्ने भएकाले भेटघाट गर्न प्राय संभव हुँदैन । बिभिन्न चाडपर्बहरु सामुहिक रुपमा आयोजना गर्दा सुदूर पश्चिमेलीहरु एकै स्थान जमघट भई भेटघाट, भलाकुसारी, सुख दुःख साटासाट गर्ने, चिनजान गर्ने अवसर प्राप्त हुुने समाजले जनाएको छ ।

TOP