प्रदर्शनरत फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक

शुक्रबारबाट रिलिज भएको फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘एक तार मनको’ बोलको गीतमा सुशान्त गौतमको स्वर सुन्न सकिन्छ। हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमकै संगीत रहेको छ।
गीतको भिडियोमा फिल्ममा ‘दधिराम पोखरेल’ भूमिकामा देखिएका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राई फिचर्ड छन्। सन्तान सुख भोगबाट बञ्चित दधिरामलाई ‘तान्छो’ सँगको निकट सम्बन्धलाई भिडिओमा प्रस्तुत गरिएको छ। फिल्ममा नेनाहाङ अभिनेत्री मिरुना मगरको छोराको रुपमा देखिएका छन्।
हाल प्रदर्शनरत यस फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। उपेन्द्र सुब्बा लेखन र निर्देशन रहेको फिल्ममा प्रविण, मिरुनासहित मेनुका प्रधान, दयाहाङ राईको मुख्य भूमिका रहेको छ।