इलाम पुगेर सुहाङलाई ओलीले दिए बधाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङलाई बधाई तथा शुभकामना दिएका छन्। गत शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान अन्तिम नजिता सार्वजनिक भएसँगै अध्यक्ष ओली इलाम पुगेर सुहाङलाई बधाई दिएका हुन्।
उनी सुहाङलाई बधाई दिएर अहिले ‘धन्यवाद सभा’ मा सहभागी भएका छन्। एमालेले सदरमुकाम इलाम बजारमा धन्यवाद सभा राखेको छ।
सो सभामा सहभागी हुनुअघि ओलीले इलाम बजारस्थित एक होटलमा सुहाङलाई भेटेर बधाई दिए। ओलीका विश्वासपात्र समेत रहेका स्व. सुवास नेम्वाङले लगातार जितेको यहाँ सुहाङलाई जिताउनैपर्ने दबाब ओेलीमा थियो। उनी दुई पटक यहाँ आयोजित चुनावी सभामा सहभागी हुन समेत पुगेका थिए।