प्रतिस्पर्धाबाट पछि हट्यो पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ को रिलिज

जेठ १० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘दान्भी’ प्रतिस्प्रर्धाबाट पछाडि हटेको हो । अनमोल केसीको फर्कि फर्कि र आर्यन प्रदिप र पलको फिल्म पुजारा सार्की सँग प्रतिस्पर्धामा उत्रन लागेको पूजा शर्माको फिल्म ‘दान्भी’ पोस्टपोन्ड भएको हो । चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार आफूहरुले रिलिज मिति सारेको दान्भीका वितरक करण श्रेष्ठले जानकारी दिएका छन्।
यसअघि यो फिल्म जेठ १० गतेबाट रिलिज हुने भनिएको थियो। जुन मितिमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’ पनि आउँदैछन्। एकैदिन धेरै फिल्म जुधाउनुभन्दा मिलेर जाने हिसाबले प्रदर्शन डेट सारेको वितरक श्रेष्ठले दाबी गरेका छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको टिजर रिलिज भइसकेको छ । टिजरमा नायिका पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिन्छ । दर्शकले टिजरपछि यो फिल्मलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।
वितरकले नयाँ मिति असार ७ गतेलाई दिएपनि निर्देशक तथा निर्माताले फाइनल गरिसकेका छैनन् । भोलि पूजा शर्माको जन्मदिनमा रिलिज मिति घोषणा गरिने समेत उनले बताए। एक्सन जनरामा बनेको फिल्ममा पूजासहित कुन्साङ बोमजोमको मुख्य भूमिका छ। यसै फिल्मबाट कुन्साङले ठूलो पर्दामा डेब्यु गर्दैछन्।