टीका सानू र जि बि चिरणको अभिनयमा ‘प्रेमिल मन’ सार्वजनिक

‘ प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अस्मिता अधिकारी र गायक राजन श्रेष्ठको समधुर स्वर रहेको ‘ प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । जसमा चर्चित मोडल तथा गायिका टीका सानु र जि बि चिरण सापकोटाको साथमा कमल प्रसाद शर्मा, गङ्गाराम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
आहा फिल्मस प्रा . लि .को ब्यानरमा बनेको प्रेमिल मन गितको निर्देशन राज बहादुर सानेले गरेका छ्न भने उक्त गीतमा तारा चौहान खड्काको शब्द, डेनि निरौलाको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिश्व अधिकारी को रहेको छ । उक्त गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतमा दिब्य सुबेदिको छायांकन, अनन्त घिमिरेको कलर तथा सम्पादन , रोजिन श्रेष्ठको श्रींगार रहेको छ । साथै उक्त गीतको भिडियो ‘ आहा फिल्मस ’ युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।