Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

डालसमा गायिका सुवानी मोक्तानको बिशेष सांगितीक सो हुदैँ

अमेरिकाको टेक्सस डालसको अर्भिंगमा चर्चित गायिका सुवानी मोक्तानको बिशेष सांगितीक सो हुने भएको छ । नमस्ते ईन्टरटेनमेन्टको आयोजनामा डालस अर्भिंगमा गायिका सुबानी मोक्तानको सांगितीक सो हुने भएको हो ।

अगामी शुक्रबार अर्थात अप्रिल २६ का दिन टेक्ससको डालस अर्भिंगको अलिबाबा हुक्का लाउन्जमा गायिका मोक्तान सहितको सांगितीक कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रममा गायिक सुवानी संगै डालसकै चर्चित म्याड हनी व्याण्डको प्रस्तुती समेत रहनेछ । कार्यक्रमको अर्काे आर्कषणका रुप वेली डान्स र डिजे लगायत समेत रहने छन् । गायिका सुबानी मोक्तान चर्चित गायिका कुन्ति मोक्तान र संगीतकार शिला वहादुर मोक्तानकी छोरी हुन् । उनी सांगितीक क्षेत्र संगै भ्वाइसओभरका कारण पनि चर्चित छिन् । एनसेलको अनाउन्समेन्ट आवाज सुबानी कै हो ।

नमस्ते ईन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम साँझ ८ बजेबाट सुरु भई बिहान ४ बजे सम्म रहने छ । कार्यक्रममा प्रवेश शुल्क ३० डलर राखिएको र टिकट अग्रिम बुकिंग समेत भईरहेको नमस्ते ईन्टरटेनमेन्टका निर्देशक कुमार बुढाथोकीले जानकारी दिएका छन् । नमस्ते ईन्टरटेनमेन्टले नेपाली बर्षको उपलक्ष्यमा गायिका परजिता बास्तोलाको प्रस्तुतीमा न्यू इयर इभ कार्यक्रम समेत आयोजना गरेको थियो । सो कार्यक्रम हाउसफुल भएको थियो । नमस्ते ईन्टरटेनमेन्टले केहि समय लगतै बलिउड नायक गोबिन्दको समेत सो गर्ने तयारी गरिरहेको छ ।

TOP