Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नेजाले स्थापना दिवसमा गर्यो रक्तदान कार्यक्रम

उत्तर अमेरिकामा रहेका नेपाली हरुको साझा सस्थाँ नेपाल अमेरिका पत्रकार संग नेजाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मानविय सेवामा आफ्नो उल्लेख्य सहभागिता समेत देखाएको छ ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । टेक्ससको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ संस्थालाई नेजाको तर्फ संघका अध्यक्ष सुरज भण्डारीले धन्यवाद ज्ञापन गरेका छन् । सोहि अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्सासका अध्यक्ष अजय बगालेले नेजालाई शुभकामना व्यक्त गरेका थिए । ब्लड डोनर्स अफ अमेरिका टेक्सासका महासचिव विकास भन्डारीले रक्क्तदान कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको बताएका छन् । उनले स्थापना दिवसको अवसरमा नेजालाई शुभकामना समेत व्यक्त गरे ।

त्यसैगरि नेजाका उपाध्यक्ष सुजन पण्डितले रक्तदानमा सहभागि रक्तदाताहरुलाई आभार व्यक्त गरेको छन् । नेजाको स्थापना दिवसको अवसरमा आईतबार विहान युलेशमा पत्रकारहरुका बीचमा चियापान कार्यक्रम तथा भर्चुअल मार्फत शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम रहेको नेजाका महासचिव बाबुराम दाहालेले बताएका छन् । त्यस्तै उनले सोमबार बिहान र टेक्ससको अर्भिङमा रहेको जेफरसन पार्कमा वृक्षरोपण कार्यक्रम गरिन जानकारी दिए ।

२००७ सालमा स्थापना भएको उक्त संस्थाले हरेक बर्ष अप्रिल २१ र २२ मा स्थापना दिवस मनाउदै आएको छ ।

TOP