Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

नव वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना, अब यूएस खबर अझ नयाँ बन्दै

नयाँ वर्ष विक्रम संवत् २०८१ को शुभारम्भ भएको छ। यस अवसरमा यूएस खबर सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। यो नयाँ वर्ष सुख, शान्ति र सफलताको वाहक बनोस् ।

यूएस खबरका सम्पुर्ण समाचार, जानकारी, सुचना, विचार र मनोरञ्जनात्मक सामाग्रीहरु हरु दर्शक, स्रोता र पाठकको रोजाइ बनेको छन् । यो बर्ष यूएस खबर थप खोजमुलम, रोचक र जानकारीमुलक समाचारमा केन्द्रित हुने प्रण गर्दछ । साथै यहि वर्षबाट विविध कारणबस् रोकिएको हाम्रो मासिक पत्रिका यूएस खबर टाइम्स प्रकाशित हुने जानकारी गराउछौँ । उक्त पत्रिका अझ परिष्कृत र अध्यावधिक भएको यहाँहरुले पाउँनुहनेछ भन्नेमा हामी विश्वस्त छौ ।

बसन्तको बहारसँगै नयाँ वर्ष सुरु भएको छ । उत्साह, उमङ्ग र नयाँ जोस सबैमा छाओस् । फूलेका आँप, लिची, दाना बसेका नासपतीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ । गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेन्डरहरू पुराना भए ।

देश दुनियाँका खबर, नेपाल अमेरिकाको दैत्य सम्बन्ध, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारिक जानकारी यूएस खबरले दिँदै आएको छ । साथै यहाँहरूले देखाउनुभएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा सम्पुर्ण दर्शक, स्रोता र पाठकहरूप्रति कृतज्ञ छौँ ।

TOP