भारतीय चर्चित र्यापर बादशाहले गरे यमबुद्धको प्रशंसा

पछिल्लो समय नेपालमा कलाकारहरुले राम्रो इज्जत नपाइरहेका बेला भारतीय चर्चित र्यापर बादशाहले नेपाली र्यापर यमबुद्धको प्रशंसा गरेका छन्। पछिल्लो समय भाइरल हुने चक्करमा कलाकाहरु र्न सस्ता बन्दै गइरहेका बेला भारतीय चर्चित र्यापर बादशाहले नेपाली कलाकारको प्रशंसा गरेको कुराले अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यमबुद्धको अर्को नाम अनिल अधिकारी हो । उनी नेपाली र्‍यापर हुन्। उनलाई नेपाली हिपहप जगतमा नेपहपको राजा भनेर चिनिन्छ । र्‍याप गीतलाई नेपाली बजारमा उचाइमा पुगाउन उनको ठुलो योगदान नै रहेको छ । साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत जस्त लोकप्रिय र्‍याप गित गाउका उनलाई नेपालमा भगवानकोक दर्जा दिइएको छ । उनी लोकप्रिय र्‍याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।

एक पोडकास्टमा बादशाहले नेपाली संगीत किलर भएको बताउँदै र्यापर उनै नेपहपको राजा यमबुद्ध र भिटेनको प्रशंसा गरेका हुन्। ‘नेपाली संगीत किलर छ, उनीहरूको हिपहप गीत पनि एकदमै उत्कृष्ट हुन्छ,’ , ‘यमबुद्ध नामक एक र्याएर थिए उनी बिते, अर्का एक जना भिटेन भन्ने छन्।’ भन्दै उनले प्रशंसा गरेका छन् ।

बादशाहले आफ्नो गीत भारतमा भन्दा पहिला नेपाल र बंगलादेशमा ट्रेन्ड गर्नेसमेत बताए।‘मेरो गीत पहिला बंगलादेश र नेपालमा ट्रेन्ड गर्छ, त्यसपछि मात्र इन्डियामा चल्छ’, उनले थपे।

भारतमा र्यापलाई खासै धेरै महत्व नदिए पनि नेपाल र बंगलादेशमा एयरपोर्टमा छिर्नेबित्तिकै छुट्टै भाइब्स आउने उनको भनाइ छ।

TOP