अमेरिकामा पशुपतिनाथ मन्दिर निर्माणका लागि नवाह महायज्ञ हुँदै, सकियो सम्पुर्ण तयारी

अमेरिकामा नेपालको जस्तै पशुपति नाथ मन्दिर निर्माणका लागि हुने नवाह ज्ञान महायज्ञको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा हुने श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ हुदैछ । पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण पुरा गर्ने लक्ष्य लिएर अमेरिकाको ड्यालसमा हन लागेको नवाह महायज्ञ अप्रिल ९ देखि १७ सम्म हुने छ । महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजक नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर आयोजक केन्द्र एनसीएससीले महायज्ञमा करिब दुई लाख डलर खर्च लाग्ने जानकारी गराएको थियो । ‘टेक्सासको डालसमा एउटा महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदा निर्माणको अभियान सुरु भएकाले सबैबाट सहयोगको अपेक्षा रहेको अध्यक्ष सापकोटाले बताइन् । उनले अमेरिकामा यति ठुलो मन्दिर निर्माणमा नेतृत्वदायी भुमिका खेल्न पाएकोमा खुसि खुसि व्यक्त गरिन् ।
त्यस्तै, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका उपाध्यक्ष छवि चापागाईले आफ्नो भनेर कम्तिमा मन्दिरमा आइदिनको लागी नेपाली समुदायका नागरिकलाई आग्रह नै गरेका छन् । उनले महायज्ञको स्टेजको काम अन्तिम चरणमा पुगेको पनि जानकारी गराएका छन् । एक हजार आठ कलस मन्दिमा स्थाापना भइसकेको पनि उनले जानकारी दिएका छन् । मन्दिरमा आउने हरेक भक्तजनलाई मन्दिमै प्रसाद खुवाउने व्यवस्थापन गरिएको त प्रसादको तयारी पनि अत्तिम चरणमा पुगेको बताएका छन् । उनले महायज्ञ स्थल आसपासमा महायज्ञ अवधिभरका लागि कम्तीमा ११ सय सवारीसाधन पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङस्थलबाट महायज्ञस्थल सम्म आवतजावतका लागि निस्शुल्क ‘सटल’को व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् । उनले १ हजार डलर सहयोग गरी सो महायज्ञमा कर्ता बन्न सकिने र हालसम्म १ सय ७५ जनाभन्दा बढी कर्ता भइसकेको जानकारी पनि दिएका छन् ।
त्यसैगरि नेपाली समाज टेक्सासका उपाध्यक्ष बलराम पौडेलले महायज्ञमा सहभागि सम्पुर्ण भक्तजनलाई भिड व्यवस्थापनमा साथ दिन अपिल गरेका छन् । त्यस्तै केन्द्रका प्राविधि विभागका सदस्य जिवन घिमिरेले महायज्ञमा सहभागि हुने भक्तजनले पहिले नै नाम दर्ता गर्नु पर्ने प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारे स्पष्ट पारे । उनले दर्ता प्रक्रियामा कठिनाई भएका केन्द्रलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
महायज्ञको पहिलो दिन ९ अप्रिलमा १ हजार ८ कलश सहितको कलशयात्रा गरिनेछ । केन्द्रले महायज्ञमा आ आफ्ना मौलिक पहिरनमा सहभागी भई उपस्थित हुनसमेत अनुरोध समेत गरेको छ । टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट करिब ५० लाख अमेरिकी डलर सहयोग संकलन हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार नेपालकै जस्तै पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाका लागि १० मिलियन (एक करोड) डलरको लागत लाग्ने छ । नवाहमा प्रख्यात वाचक दिनबन्धु पोखरेलबाट पुराण वाचन हुनेछ ।