Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

हार्दिक श्रद्धाञ्जली/समवेदना

श्रीवैकुण्ठ मुपेत्यनित्यमजडं तस्मिन् पर: ब्रह्मण:।सायुज्यंसमवाप्यनन्दतिचिरं तेनैव धन्य:पुमान् ॥

हार्दिक श्रद्धाञ्जली/समवेदना

भूटान राष्ट्रको चिराङ् जिल्ला अन्तर्गत राते खोला गाउँमा सन् १/१/१९२३ मा जन्म भएकी धनमाया चापागाई बाल्यकाल देखि नै मिलनसार मृदुभाषीको रूपमा सुपरिचित हुनुहुन्थो । वैकुण्ठवासी धनमायाले चिराङ् जिल्ला अन्तर्गत छोकाना चनौटे निवाशि पं० काशिनाथ प्याकुरेल संग दाम्पत्य जीवनमा आबद्ध भएर पतिब्रता धर्मको पालन गर्दै छ जना सन्तानलाई जन्म दिनु भएको छ ।

(उहाँ पं० उपेन्द्र प्याकुरेलकी जेठी माता हुनुहुन्छ) देश निस्कासनको कुचक्रमा परी सन् १९९० को दशकमा शरणार्थी बनी बेलडागी १ मा शरणार्थी जीवन दुई दशक सम्म यापन गर्नुभयो । जीवनलाई उज्जीवन गराउने हेतुले जगद्गुरु योगिराज स्वामीजी संग श्रीसम्प्रदायमा पञ्चसंस्कार दीक्षा ग्रहण गरेर गुरुवाक्यमा विश्वास एवं श्रद्धा र भक्तिका साथ आजीवन रहनु भयो ।

पुनर्वासको क्रममा संयुक्तराज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत मेकानिसवर्क सहरमा परिवारका साथमा बसोबास गर्दै आउनु भएको थियो । “जातस्य हि ध्रूवोर्मृत्युर्ध्रूवंजन्म मृतस्य च” गीताचार्यको उक्त वचनानुसार देह प्राप्त पश्चात देहान्तहुनु ध्रुव सत्य भएकाले उहाँले पनि आफन्त, छोरा दाज्युभाई, दिदी बहिनी सम्पत्ति, इष्टमित्र र पार्थिव शरीरलाई पनि यहीं चटक्क छोडेर ४/७/२०२४ रविबारका दिन विहान ९ः३० बजे समयमा सदा सदाका लागि हामीबाट बिदा हुनुभएको छ ।

देहान्तको समयमा पर्ने मातृशोक रूपी ज्वालामा पर्नु भएका प्रिय परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।। साथै दिवंगत आत्मालाई वैकुण्ठारोहणको निमित्त ईष्टदेवका साथमा प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । युएस खबरका समाचार सहयोगी अर्जुन प्रधान ज्युको हजुरआमा धनमायाको आत्माले शान्ति पाओस् । युएस खबर सपरिवार

TOP