Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

दूतावासमा इजरायली आक्रमणको जवाफ छिटै दिने इरानी राजदूतको चेतावनी

सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमवार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने प्रतिक्रिया दिएका छन्। इरानी दुतावासको वाणिज्य दुतावास भवनमा इजरायली मिसाइल हमलापछि अकबरीले आक्रमणमा आफ्ना सात सहकर्मीको ज्यान जानुका साथै दुई इरानी दूतावासका गार्ड घाइते भएका छन् । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको उनले बताए।

यी कानूनहरू लागू गर्न खोज्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कहिले कारबाही गर्ने भन्ने उनको प्रश्न थियो । इरानी राजदुतले इरानले इजरायलको कार्यलाई अनुत्तरित हुन नदिने र समान शक्तिका साथ छिटै नै जवाफ दिने चेतावनी दिए। मिसाइल हमलापछि घटनास्थलमा पुगेका सिरियाका विदेशमन्त्री फैसल मेकदादले घटनालाई अनुचित भन्दै निन्दा गरे ।

TOP